नवलपरासी । यतिबेला मुलुक नै चुनावमय बनेको छ । चुनावको मिति नजिकिएसँगै अन्य उम्मेदवार जस्तै अर्बपति विनोद चौधरी पनि चुनावी दौडधुपमा व्यस्त छन् ।
मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका लागि नवलपरासी सुस्ता पश्चिमबाट उम्मेदवार रहेका चौधरी यतिबेला जनताका घरघरमा भेटिन्छन् । मतदातासँगको भेटघाट तथा घरदैलो कार्यक्रमअन्तरगत चौधरी आज बर्दघाट–४ को लक्ष्मीनगरमा सरसफाई कार्यक्रममा सहभागी भएका छन् ।
सरसफाई कार्यक्रममा सहभागी भएका चौधरीले नवलपरासीबाट विकास र समृद्धिको बाधाहरू फोहोर जसरी नै बढारिने बताएका छन् । साथै उनले राजनीति विकास र समृद्धिका लागि भएको बताउँदै कुनै पनि बाहनामा विकासका कामहरूमा अवरोध आउन नहुने बताए । साथै उनले जनता र विकासँंग जोडिएका कार्यहरू तीव्र गतिमा अघि बढ्नुपर्ने बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्– ‘मेरो राजनीति विकासको लागि हो, समृद्धिको लागि हो । कुनै पनि बाहनामा विकासका कामहरूमा अवरोध आउनुहुँदैन । जनता र विकाससंग जोडिएका कार्यहरू तिव्र गतिमा अघि बढ्नुपर्छ ।’
Comments are closed.