कँडेललाई भोट माग्न भ्याइनभ्याइ, भन्छन्- ‘जनताका समस्या मेरा पनि समस्या’

कास्की । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा यतिबेला सम्पूर्ण उम्मेदवारहरु मतदातासंग भोट माग्न व्यस्त छन् । नेताहरु यतिबेला उम्मेदवारका घर, गोठदेखि खेतसम्म धाइरहेका छन् । निर्वाचन आउन अब जम्मा ६ दिन बाँकी छ ।

चुनावकै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री माधवप्रसाद कँडेल पनि पोखरेली जनतासंग भेटघाट तथा छलफल गर्न व्यस्त छन् । आम निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका उम्मेदवार कँडेल यतिबेला पोखरेली जनता माझ रमाइरहेका देखिन्छन् ।

घरदैलो तथा भेटघाट कार्यक्रमअन्तरगत शनिबार पोखरा वडा नं. ७ का जनतासँग घरदैलो गरेका कँडेलले आज (आइतबार) पोखरा वडा नं. ८ का जनतासंग भेटघाट तथा छलफल गरेका छन् । त्यहाँका जनताबाट पनि पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको गुनासो आएको कँडेलले बताए । यसपटक सम्पूर्ण जनता परिवर्तनको पक्षमा रहेको बताउँदै कँडेलले चुनाव जित्छु भन्नेमा आशावादी रहेको बताए ।

विकासको आशमा वर्षौ जिताएर पठाएका नेताबाट सोचेअनुसारको परिणाम नआएको भन्दै जनताले अब मंसिर ४ गते हुने निर्वाचनमा नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई विजयी गराउने बताएका छन् ।

jutta mela

शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, रोजगारी, भ्रष्टाचार न्यूनीकरण, सुशासन, पर्यन विकास र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेका कँडेलले युवाहरुको भविष्य सुनिश्चित गर्न दीर्घकालीन शैक्षिक र रोजगारीको योजना ल्याउने बताएका छन् ।

साथै भ्रष्टाचार शून्य देश निर्माण गर्न कडा नीति बनाउन पहल गर्ने बताउँदै कँडेलले उच्च ओहोदामा रहेका राजनीतिक तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गरी कारबाही गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, विपन्न परिवारलाई पानी, बिजुली र इन्टरनेटमा सहुलियतको व्यवस्था गर्ने, पर्यटन स्थलहरुको अध्ययन गरि तिनको संरक्षण र प्रवर्द्धन गर्ने, विदेशबाट सिप आर्जन गरी नेपाल फर्किएका युवालाई अनुभवकै आधारमा राजगारीको व्यवस्था गर्ने, खानेपानीको समस्यालाई दीर्घकालीन समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, पर्यटकहरुका लागि २४ सै घण्टा पर्यटकीय स्थलहरु खुल्ला रहने वातावरण मिलाउने, सबै नागरिकको अनिवार्य स्वास्थ्य बीमा गराउने धार्मिक, शैक्षिक तथा पर्यटकीय स्थलहरुमा देखिएको समस्या तत्काल समाधान गर्न पहल गर्ने प्रतिबद्धता गरेका छन् ।

You might also like

Comments are closed.