पोखरा । पोखरा– ३ नदीपुरस्थित माउण्ट अन्नपूर्ण माविले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सोमबारदेखि म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्ट संकायमा अध्यनरत कक्षा ११ र १२ का विद्यार्थीहरूबीच अन्तर सेक्सन विविध खेलकुद कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेवलटेनिस गरी चार विधाका खेलहरु समावेश गरिएको छ । खेल कार्तिक २८ गतेदेखि ३० गतेसम्म जारी रहने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले हामी सबैको जीवनमा अध्ययन जस्तै खेल पनि अपरिहार्य रहेको र यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउने भन्दै विद्यार्थीहरूलाई खेलप्रति प्रोत्साहन गरेका थिए । मास खेलकुद क्लबका अध्यक्ष कक्षा १२ की छात्रा अनिसा महर्जनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकोे सञ्चालन क्लबकी सचिव शुभिक्षा हमालले गरेकी थिइन् ।
पहिलो दिनको खेलमा भलिबल ब्वाइज तर्फ ७ र गर्ल तर्फ १ खेल, बासकेटबल ब्वाइज तर्फ ६ र गर्ल तर्फ १ खेल र टेबलटेनिसमा ब्वाइज तर्पm २ खेल सम्पन्न भएको जानकारी विद्यालयमा एकाडेमिक डाइरेक्टर अशोक शाहीले गराएका थिए ।
Comments are closed.