विकासको यात्रा नवलपरासीबाट सुरु हुन्छ : अर्बपति चौधरी

नवलपरासी । अर्बपति तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीले नवलपरासीमा विकासको यात्रालाई अब तीव्र रफ्तारमा अगाडी बढाइने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपालका एकमात्रै डलर अर्बपति चौधरीले नेपाललाई समुन्नत र विकसित मुलुकका रुपमा स्थापना गर्ने सबैको सपना रहेको बताउँदै त्यसलाई साकार पार्न आफू प्रतिवद्ध रहेको बताए ।

बर्दघाट न.पा. १२ चौपत्तामा आयोजना गरिएको लोकतान्त्रिक गठबन्धनको आमसभामा बोल्दै अर्बपति चौधरीले जनताको उत्साहजनक सहभागिताले पनि नवलपरासीका आम नागरिक विकासको तिब्र प्रतिक्षामा छन् भन्ने कुराको थप पुष्टि भएको बताए ।

jutta mela

नवलपरासीका आम सर्वसाधारणमा देखिएको आशा कहिल्यै निराशामा परिवर्तन हुन नदिने प्रतिबद्धता जनाउदै यस क्षेत्रको समग्र विकास र समृद्धिका सम्पूर्ण बाधा अड्चन हटाएर नयाँ दिशामा डो¥याउने आफ्नो अठोट सधैं कायम रहने दाबी गरे ।

आमसभालाई सम्बोधन गर्दै चौधरीले हरेक उखु किसानले सहि दाम आफ्नो सहि दाम तत्काल भुक्तान पाउनुपर्ने बताएका छन् । साथै उनले सिकाइको अभावमा, मलको अभावमा दुःख पाएका यहाँका किसानका समस्याहरुको अन्त्य गर्ने समय आएको बताए ।

गठबन्धन संविधानलाई पछाडि धकेल्न खोज्नेहरुको प्रयासविरुद्ध सहासिक कदम रहेको बताउदै उनले गठबन्धनका उम्मेदवारहरुलाई बहुमतले विजयी गराउन आग्रह गरे ।

You might also like

Comments are closed.