विकास र परिवर्तनका लागि स्वतन्त्र युवा नेतृत्व : श्रमिक जि.सी.

'देश निर्माणको सम्वाहक जनता'

पोखरा । स्वतन्त्र उम्मेदवार श्रमिक जि.सी.ले नागरिकको भोटले देशले एउटा सक्षम नेतृत्व पाउने बताएकी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार प्रसारको अन्तिम दिन पोखरेली जनतामाझ घरदैलो तथा भेटघाट गर्न पुगेकी स्वतन्त्र उम्मेदवार जि.सी.ले पछिल्लो समय जनता धेरै सचेत भइसकेको बताउदै सचेत नागरिकले निर्वाचनमा स्वविवेक लगाइ सक्षम व्यक्तिलाई भोट हाल्छन् भन्नेमा विश्वस्त रहेको बताएकी छन् ।

उनले अहिले हरेक नागरिक विकास र परिवर्तनको पक्षमा रहेको बताउदै त्यसको नेतृत्व अब स्वतन्त्र र युवा उम्मेदवारले मात्रै गर्न सक्ने दाबी गरिन् । कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकी युवा स्वतन्त्र उम्मेदवार जि.सी.‘लालटीन’ चुनाव चिन्ह लिएर चुनावमा उत्रिएकी छन् ।

उनले अबको विकल्पको रुपमा हरेक नागरिकले स्वतन्त्र र नयाँ अनुसारलाई लिएको बताउदै नयाँ भिजन र सोचसहित आएका युवा उम्मेदवारलाई मतदान गर्न सम्पूर्ण नागरिकमा अपिल गरेकी छन् । उनले वर्षौँ विभिन्न पार्टीका नेताहरुलाई जिताएर पठाए पनि नागरिको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेको बताउदै अब पनि भोट हाल्ने सोचलाई परिवर्तन नगर्ने हो भने अबको पाँच वर्षपनि यत्तिकै खेर जाने दाबी गरिन् ।

jutta mela

वर्षौ पार्टीका नेताहरुलाई जिताएर पठाएकोमा अब एकपटक भने युवा स्वतन्त्र उम्मेदवारलाई विश्वास गरि नेतृत्वसम्म पु¥याउन आग्रह गरिन । उनले युवाले चुनाव जिते अवश्य पनि देशमा परिर्वतन सम्भव रहेको बताउदै कुनै पनि पार्टी तथा नेताहरुको धाक धम्की, डरत्रास तथा कुनै पनि प्रलोभनमा नपरी निर्धक्क भएर स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेकी छन् ।

देश परिवर्तनको प्रतिक्षामा वर्षौसम्म जिताएका पार्टीका नेताहरुबाट जनताले आश्वासन बाहेक केही पाउन नसकेको बताउँदै जि.सी.ले अब देश बनाउनकै लागि भएपनि स्वतन्त्र उम्मेदवारलाई जनताले विजयी गराइ नेतृत्वसम्म पुर्‍याउनुपर्ने बताइन् । निर्वाचनको समयमा ठूलो-ठूलो आश्वासन बाँड्ने पार्टीका नेताहरुले चुनाव जितेर गइसकेपछि फर्केरसमेत गाउँमा नहेरेका उदाहरणहरु प्रशस्त रहेको बताउदै उनले अधिकांश नेताहरुले चुनावमा जनाएका प्रतिबद्धताहरु आश्वासनमै सिमित हुने गरेको बताइन् ।

स्वतन्त्र उम्मेद्वार जि.सी.ले आफूले जनाएका प्रतिबद्धता बोलीमा सिमित हुन नदिने बताउदै आफू विजयी भए महिला हिंसालाई शून्य बनाउने, महिला र युवाहरुलाई उद्यममा प्रोत्साहन गर्ने, पर्यटनको विकास गर्ने, लैंगिक समानता कायम गर्ने, पीछडिएका वर्गको उत्थान गर्ने प्रतिबद्धता जनाएकी छन् ।

साथै उनले सामाजिक सांस्कृतिक तथा शिक्षा क्षेत्रमा, स्वास्थ्य, सुरक्षा र रोजगारीका क्षेत्रमा, आर्थिक, राजनीतिक, पर्यावरण, आध्यात्मिक र भौतिक तथा संचारको क्षेत्रमा समेत आफ्नो भूमिका रहनेलगायतका प्रतिबद्धता जनाएकी छन् । साथै उनले आफूमाथि नागरिकले गरेको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता जनाएकी छन् भने आफूले जनतामाझ गरेको संकल्प पूरा गरी छाड्ने प्रतिबद्धता जनाउदै एकपटक विश्वास गरि ‘लालटीन’ चुनाव चिन्हमा मतदान गर्न पोखरेली नागरिकमा आग्रह गरेकी छन् ।

You might also like

Comments are closed.