साताको सेयर कारोबार : नेप्से १,९३६ दशमलव ८३ अंकमा, पाँच अर्ब ३१ करोडको कारोबार

काठमाडौं । यो साता नेप्से १९ सय ३६ दशमलव ८३ अंकमा पुगेको छ भने, सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१ दशमलव छ अंकमा चढ्न सफल भएको छ ।

नियमित कारोबारका लागि सातामा नेप्से पाँच कार्य दिन नै खुल्ला रहेकोमा तीन दिन लगातार नेप्से बढ्दा दुवै सूचक बढेका हुन् । दुई सय ३२ वटा कम्पनीहरुको यो साता एक लाख पाँच सय १४ पटकको कारोबारमा एक करोड ४१ लाख पाँच हजार सात सय ५७ कित्ता किनबेच भएका छन् ।

सोही किनबेचका आधारमा सातामा पाँच अर्ब ३१ करोड ९५ लाख ९८ हजार छ सय ३१ रुपैंयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो । गत साता दुई सय २८ वटा एक लाख २८ हजार एक सय ३८ पटकको कारोबारमा एक करोड ८४ लाख ४३ हजार सात सय ८० कित्ता सेयर किनबेच भएका थिए। जसबाट उक्त साता सात अर्ब २३ करोड ७१ लाख ९० हजार दुई सय ६० रुपैंयाँको सेयर किनबेच हुन पुगेको थियो ।

यो साता नेप्से खुलेको मध्ये पहिलो र तेस्रो दिन नेप्से घटेको थियो भने दोस्रो, चौथो र पाँचौं दिन नेप्से बढेको थियो। पहिलो दिन १० दशमलव ५४ अंकले घटेर एक हजार आठ सय ८३ दशमलव १६ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन भने २५ दशमलव ५७ अंकले बढेर १९ सय ३६ दशमलव ८३ अंकमा पुग्न सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से बढेको थियो ।

त्यसैगरी पहिलो दिन एक दशमलव ८३ अंकले घटेर तीन सय ७० दशमलव ५३ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन चार दशमलव ४९ अंकले बढेर तीन सय ८१ दशमलव छ अंकमा पुग्न सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स बढेको थियो ।

You might also like

Comments are closed.