ताप्लेजुङमा तीन दिन पैदलमार्गमार्फत ढुवानी गरेर मतपेटिका ल्याउँदै

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलबार अबेरमात्र ल्याइने भएको छ। सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले तीन दिन पैदलयात्राबाट मतपेटिका ल्याइने जानकारी दिइएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा फक्ताङलुङ गाउँपालिका—६ ग्याब्ला र घुन्साको मतपेटिका मङ्गलबार अबेर मात्र आइपुग्ने मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। हेलिकप्टरमार्फत ल्याउने भनिए पनि पैदलमार्गमार्फत नै ल्याउनुपर्ने भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।

jutta mela

पोखरेलले भने, “इलाडाँडामा चारवटै मतदान केन्द्रको मतपेटिका सङ्कलन हुन्छ। त्यहाँबाट गाडीमा मङ्गलबार बेलुकी आइपुग्छ।” एक सय १९ वटा मतदान केन्द्रको मतपेटिका आज मुख्य निर्वाचन कार्यालय फुङ्लिङमा ल्याइपु¥याएको छ ।

जिल्लामा ४८ हजार तीन सय ५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले बताए। यहाँ ८८ हजार दुई सय ८५ वटा मतदाता छन्। सबै मतदान केन्द्रको मतपेटिका जम्मा भएपछि मात्र मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

You might also like

Comments are closed.