नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छन् ।

क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् । श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएको छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याएको छन् ।

jutta mela

यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।

त्यसैगरी (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाएको छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाएको छन् ।

You might also like

Comments are closed.