काठमाडौं–१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् ।

काठमाडौं–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी भएको छन् । श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले राससलाई जानकारी दिए । श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल वाग्मती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले तीन हजार पाँच सय चार मत पाए । यसैगरी, नेकपा (एमाले) का रामप्रसाद अम्गाईँले दुई हजार दुई सय ९७ मत प्राप्त गरे ।

jutta mela

यस्तै प्रदेशसभा–२ मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछानेले चार हजार पाँच सय १० मत प्राप्त गरी विजयी भएको छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले दुई हजार सात सय ५३ मत प्राप्त गरे । दुलाल यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएको थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसका तर्फबाट पनि लामिछाने नै प्रतिस्पर्धामा थिए ।

काठमाडौं–१ को प्रतिनिधिसभामा सोमबार राति नै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह विजयी भइसकेका छन् । सिंहको यो चौँथो पटकको जीत हो । नेता सिंह २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को संसदीय निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएको हुन् ।

यसैगरी कांग्रेसले काठमाडौं–३ का पनि तीन वटै सिटमा ‘क्लिन स्वीप’ गरेको छ । काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे निर्वाचित भएको छन् । प्रदेशसभा १ मा कांग्रेसका छिरिङदोर्जे लामा र प्रदेशसभा २ मा कांग्रेसकै बिमल ठकुरी निर्वाचित भएको छन् ।

You might also like

Comments are closed.