नेपाल हाइड्रो डेभलोपर कम्पनीद्वारा ५ प्रतिशत बोनस सेयर दिने घोषणा

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

कम्पनीको मंसिर ११ गते आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक बर्ष २०७८/०७९ को सच्चित मनाफाबाट सेयरधनीहरुलाई हाज कायम रहेको चुक्ता पुजी ३१ करोड ९९ लाख ३० हजारको ५ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

यस्तै, कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि पनि ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कर प्रयोजनका लागि ८ लाख ४१ हजार ९२१ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ ।

यसर्थ, कम्पनीले १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँ बराबरको रकम बोनसमा खर्च गर्नेछ । अब कम्पनीको सभाबाट प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।

 

You might also like

Comments are closed.