बाराही हाइड्रोपावरले मंसिर २१ गतेबाट आइपीओ खुला गर्दै

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लागि आइपीओ खुल्ला गर्ने भएको छ । बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि सर्वसाधारणका ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ । बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५५ अर्थात् २७ हजार कित्ता सामुहीक लगानी कोष र २५ अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसमा एनआइबिएल एस क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।

You might also like

Comments are closed.