नेप्सेमा झिनो अंकको गिरावट, ८४ करोडको कारोबार

काठमाडौं ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ५१ अंक घटेर १९४९ दशमलव ८५ विन्दुमा पुगी बन्द भएको छ । बुधबार २३८ कम्पनीका २३ लाख ५५ हजार ८ स ८५ सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ७९ लाख र नबिल बैंकको ४ करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

jutta mela

आज लक्ष्मी इक्विटी फन्डको सेयर साढे पाँच प्रतिशत र विन नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । आज सेयर बजार पनि ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको सेयर भने ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

You might also like

Comments are closed.