मुलुकको अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा संकट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए ।

jutta mela

“अर्थतन्त्र संंकटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उनले भने, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्छ ।”

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकांक राम्रो हुँदै गएको स्पष्ट पारेका छन् । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

“हाम्रो मिश्रित अर्थतन्त्र भएकाले एकैपटक संकटमा पुग्ने र उचाइमा पुग्ने हुँदैन”, उनले भने, “जेजति चुनौती छन् त्यसका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ ।”

You might also like

Comments are closed.