आत्मरक्षा तालिमले हिला हिंसामा कमी आउछ ः मन्त्री पुन

फागुन १ पोखरा । गण्डकी प्रदेश तेक्वान्दो सघंको आयोजनामा आजदेखी महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सुरु भएको छ ।
बुधबार आजबाट सुरु भएको आत्मरक्षा तथा प्रशिक्षक प्रशिक्षण तालिमको सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्दै प्रदेश सरकारले गण्डकी प्रदेशभरका स्थानीय तहमा खेलकुदका पूर्वाधार बनाउन लागि रहेको बताइन ।

पछिल्लो समय महिला तथा बालबालिका हिंसाका घटना सार्वजनिक भइरहदा आत्मरक्षासम्बन्धी तालिमले त्यस्ता घट्ना न्यूनिकरणमा सहयोग पुग्ने आफूले विश्वास व्यक्त गरिन् ।  तालिममा नेपाल टेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक डा. नमरजंग गुरुङले तालिमले महिला तथा किशोरीहरुलाई आत्मरक्षामा उपयोगी हुने बताए । तालिम पश्चात समाजमा महिला हिंसा तथा दुरव्यवहारमा कमि आउने आफूले विश्वास लिएको बताए ।
टेक्वान्दो संघ गण्डकी प्रदेश, गण्डकी प्रदेश प्रहरी कार्यलय र नोवाज आर्क स्र्पोटस साईन्स कलेज लगायतका संस्था आयोजकका रुपमा रहेको तालिम आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।

तालिममा विभिन्न स्थानका २५० जना बढि किशोरी तथा महिलाहरुको उपस्थिती रहेको गण्डकी प्रदेश तेक्वान्दो सघंका अध्यक्ष्य जगन गुरुङले जानकारी दिए ।
तेक्वान्दो,बक्सिङ्ग लगायत सबै मार्सलआर्ट खेलसंग सम्बद्ध एक सय प्रशिक्षकहरुलाई प्रशिक्षण तथा किशोरीहरुलाई कोरीयाका योमीङ युनिभर्सिटिका प्रा.डा.लिङ सङ गिल, नपालका प्रशिक्षक नमरजंग गुरुङ, डा अच्छुतम लामिछाने, लि संङ मीन, लि संङ ही लगायतले प्रशिक्षण दिनेछन ।

You might also like

Comments are closed.