आकर्षक र गुणस्तरीय स्वदेशी ब्राण्ड ‘आरओके म्याट्रेस’

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा विभिन्न उत्पादनका स्टलहरु छन् । मेलामा रहेका स्टलहरु मध्य डोममा एउटा आकर्षक स्टल देख्न सकिन्छ । जहाँ अवलोकनकर्ताहरुको बढी चासो देखिन्छ । स्वदेशी ब्राण्ड ‘आरओके म्याट्रेस’को स्टल मेलास्थलस्थित डोममा छ । निकै आकर्षक डिजाइनसहित सजाइएको स्टलमा आरओके म्याट्रेसका विभिन्न प्रडक्ट प्रदर्शनीमा राखिएका छन् ।

आरओकेको स्टलमा अवलोकनकर्ताहरुको आकर्षण देखिएको आधिकारिक बिक्रेता आरओके ट्रेडर्स पोखराका सञ्चालक तारा अधिकारीले जानकारी दिइन् । मेलामा म्याट्रेस बुकिङ गर्ने ग्राहकलाई विशेष छुट प्रदान गरिने उनले बताइन् ।

नेपाली बजारमा आरओके म्याट्रेस लोकप्रिय रहेको बताउँदै उनले पोखरा क्षेत्रमा पनि माग राम्रो रहेको जानकारी दिइन् । कम्पनीले सन् २०१६ बाट नेपाली बजारमा आरओके ब्राण्डमा म्याट्रस उत्पादन गर्दै आइरहेको छ । ‘कम्पनीले गुणस्तरीय म्याट्रेस उत्पादन गरी नेपाली बजारमा पुर्याउन सफल छ,’ उनले भनिन् ।

jutta mela

म्याट्रेस उत्पादनका क्षेत्रमा आरओकेलाई अग्रणी मानिन्छ । कम्पनीले न्याचुरल लेटेक्स म्याट्रेस, मेमोरी फम म्याट्रेस, पियु फोम म्याट्रेस, पोकेट स्प्रिङ म्याट्रेस, बोनल स्प्रिङ म्याट्रेस, बोन्डेड म्याट्रेस, कोयर म्याट्रेस लगायतका प्रण्डक्ट नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ । ‘गुणस्तरीय म्याट्रेस भएकाले आरओके धेरै लोकप्रिय छ,’ अधिकारीले भनिन् । पोखराको जाल्पारोडमा आरओके म्याट्रेसको सोरुम छ ।

कम्पनीले अन्तर्राष्ट्रिय स्तरको क्याट्रेस नेपालमै उत्पादन गर्न सफल रहेको बताइएको छ । काठमाण्डौंको कागेश्वरी मनोहरामा कम्पनीको उद्योग छ ।

You might also like

Comments are closed.