पोखरा । ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले पोखरामा जारी आइटीएफ जे-५ सर्किट-२ टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्समा प्रथम स्थान हाँसिल गरेका छन् ।
शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६-४, १-६ र सुपरटाईमा १०-५ ले पराजित गर्दै पटेल जोडी विजयी भएका हुन् ।
नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीको जोडीले प्रथम स्थान हाँसिल गरे ।
फाइनल खेलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६-२ र ६-० को सहज सेटमा जित निकाल्दै दुर्गान्सी जोडी विजयी भएको हो ।पुरुष एकलतर्फ भारतका बंश नन्दललाई ६-२, ६-३ ले पराजित गर्दै ताइवानका के हाउ हङले फाइनलमा स्थान बनाएका छन् ।
अमेरिकाका हानु पटेलले ताइपेइका केइ यन याङलाई ६-१, ६-१ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगे । प्रतियोगिताको सिंगल्स फाइनल तथा समापन शनिबार विहान हुने आयोजक संघका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए ।
Comments are closed.