पोखराबेसी बहुउद्देश्यीय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगगर पालिका वडा नं २ बाग्लुङ बसपार्क स्थित पोखराबेसी बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्तसम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सहकारी ऐनलाई मर्यादितरुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गरे । उनले भने सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्य र सिद्धान्तमा रहेर अगाडी बढ्नु पर्ने बताएका छन् ।

आगामी दिनमा समेत सहकारीले स्थानियहरुसगँ हातेमालो गर्दै, निम्न आय स्रोत रहेका सेयर सदस्यहरुको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे । पोखरा महानगर पालिकाका सहकारी सल्लाहकार विज्ञ दिपकप्रसाद आर्चायले कोभिड-१९ को असरबाट प्रभावित सेयर सदस्यहरुलाई उपलब्ध गराएको राहत होस् वा संस्थाका सदस्यहरुलाई संस्था आफैले वितरण गरेको राहत सबै उल्लेखनिय रहेको र सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गरे ।

नेपाल सरकारले लागु गरेको सहकारी नियमानुसार १६ प्रतिशत भन्दा बढि व्याज नलिन उनले आग्रह गरे । पोखरा महानगर पालिका वडा न ६ का निर्वतमान वडा अध्यक्ष तथा पहारी कुल संरक्षण समितिका सचिव जगतबहादुर पहारीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुँदा सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोबार गर्नुपर्ने बताए ।

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष नारायण पहारीले आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको माध्यमबाट गाउँ र शहरको सम्बन्ध जोड्ने तथा गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुँजिलाई गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ वस्तु उपभोग गर्ने वातावरण सिर्जना गरि सदस्यहरुको सुखी समृद्धि बनाउने आफ्नो परिकल्पना रहेको सुनाए ।

प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष ०७८/ ०७९ मा ३ करोड ६९ लाख ३ हजार सेयर पुँजी तथा ६ करोड ५८ लाख ९४ हजार ३ सय ५ रुपैया १७ पैसा बचत निक्षेप गरेको जानकारी दिए ।

त्यसैगरी ८ करोड ९९ लाख ३४ हजार १ सय २६ रुपैंया ३४ पैसा कर्जा लगानी रहेको सहकारीमा जम्मा १ हजार १ सय ४ जना सेयर सदस्य रहेको जानकारी गराए । त्यस्तै, संस्थाका सदस्य ममता पराजुलीले सहकारीका सात सिद्धान्त बाचन गरी सुभारभ्भ गरिएको कार्यक्रममा संचालक सदस्य दिपेन्द्र राईले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रेमराज पहारी, कोषाध्यक्ष उत्तम सेवक कार्की र सचिव कृष्ण तिमिल्सिनाले आ-आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा असल ऋणी, असल बचत कर्ता र संस्थामा निरन्तर सेवा प्रदान गरेका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सेयर सदस्यहरुलाई सेलवेज डिपाटमेन्टल स्टोरमा समान खरिद गरेबापत १५ प्रतिशत र डाक्टर्स डेन्टल किल्लीनिकको सेवा लिएमा ४० प्रतिशतसम्म छटको ब्यवस्था रहेको थियो।

lcci
You might also like

Comments are closed.