सराङकोट । सराङकोट बहुउद्देश्यीय सहकारी संस्था १६औं वर्षमा प्रवेश गरेको छ । संस्थाले आफ्नो १६औं वार्षिक उत्सवको अवसरमा त्रिदिवसीय कार्यक्रम गर्दैछ । जसमा पहिलो दिन रत्तदान तथा होलबोडी परीक्षण गरिएको छ।
संस्थाले रेडियो प्रशारण आर्थिक कारोबारसंगै सामाजिक सेवा मुलक कार्यक्रमहरु गरिँदै आएको संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले बताए। यस बर्ष लान्यस क्लव अफ पोखरा दर्पण तथा स्टार डाइग्नोष्टिक सेन्टरको सहकार्यमा आम समुदायका लागि रगत परिक्षणसहित स्वास्थ्य सचेतना गराइएको थियो ।
साथै यस वर्ष स्वास्थ्यसंगै पोखराका ३ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, वृद्धवृद्धाहरुलाई भौतिक सामग्री वितरण गर्ने कार्यक्रम संयोजक तथा क्लवका अध्यक्ष राममणी पौडेलले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य महान्यायाधिवक्ता रोहितराज बास्तोला र रत्तदाता दानबहादुर भुजेल, लेखनाथ तिवारीलाई ब्लड ब्याग वितरण गर्दै आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेकोले ऐन, नियमभित्र रही संस्था संचालन गर्नुपर्ने अध्यइा पौडेलले बताए । कार्यक्रममा सहभागीहरुलाई वातावरणमैत्री झोला वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यकाक्रममा रेयुकाई नेपालका पुर्व केन्दीय अध्यक्ष प्रबिनकुमार गुरुङ, रत्तसंचार केन्द्रका प्रमुख अर्जुनप्रसाद ज्ञवाली, लान्यस क्लव ३२५ यलका रक्तदान प्रखुम बालकृष्ण न्युरे, संस्थाका सलाहकार पूर्व अध्यक्ष प्रेमबहादुर जि.सी, सलाहकार डा. इन्द्रमान मर्हजन, इन्द्रकमल मान्नधर, आकस्मिक रक्तदान यूनिटका प्रमुख हरिश्चन्द्र शर्मा, उपाध्यक्ष बसन्तबहादुर बानिया, कोषाध्यक्ष राममणी पौडेल, सचिव कुलप्रसाद सुवेदी, व्यवस्थापक सुरेन्द्रथापालगायतले आ-आफ्नो धाराणा राखेका थिए ।
Comments are closed.