पहिलो कारोबार दिन करिब ३२ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्बमा सीमित

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ। नेप्से आज ३१ दशमलव ९७ अंकले घटेर एक हजार आठ सय ८५ दशमलव ३१ विन्दुमा झरेको छ ।

आज तीन सय ५३ वटा कम्पनीको ३५ लाख १२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब १० करोड ३४ लाखको कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख र नबिल बैंकको सात करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज सबै समूहको सेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ। सो मध्ये वाणिज्य बैंक समुहको सूचक ३० दशमलव ८० अंकले घटेर १३ सय सात दशमलव १३ अंकमा झरेकोमा विकास बैंक समुहको सूचक पनि ४७ दशमलव ९१ अंकले घटेर तीन हजार तीन सय २७ दशमलव ४७ अंकमा झरेको छ ।

जलविद्युत समुहको सूचक पनि २६ दशमलव ४७ अंकले घटेर १९ सय ५७ दशमलव ८५ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि ७८ दशमलव ४४ अंकले घटेर नौं हजार एक सय ३२ दशमलव ८७ अंकमा झरेको छ ।

निर्जिवन बीमा समुहको सूचक पनि ९८ दशमलव ४० अंकले घटेर सात हजार चार सय ५३ दशमलाव छ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेनिङ समुहहरुको सुचक पनि घटेका छन् ।

You might also like

Comments are closed.