काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
माछापुच्छे बैंकको मंसिर १२ गते बसेको ४७२औं संचालक समितिको बैंठकले डा. महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय एंव अन्तर्राष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा.महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।




Comments are closed.