पोखरा लिंकन इन्टरनेशनल कलेजमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

पोखरा । पोखरा लिंकन इन्टरनेशनल कलेजले बीबीए र बीएचएमपहिलो सेमेष्टरका नवआगन्तुक विद्याथीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

यही मंसिर २५ गते कलेजको सभाकक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा कलेजका कार्यकारी निर्देशक राजकुमार गुरुङको सभापतित्व, नविल बैक लिमिटेड गण्डकी प्रदेशका प्रदेश प्रमुख सुर्य बहादुर रोक्का को प्रमुख आथित्य र संस्थाका संस्थापक अध्यक्ष शेर बहादुर गुरुङको विषेश आथित्यमा सम्पन्न हाे । कार्यक्रमको सहजिकरण बीबीए छैटौँ सेमेस्टरकि छात्र सृजना छेत्रिले गरेकी थिइन् ।

उक्त कार्यक्रममा संस्थाका प्रशासनिक अधिकृत तथा faculty अच्युत पौडेलले स्वागत मन्तब्य राखेका थिए भने बीबीए चौथो सेमेस्टरका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गर्नुका साथै कलेजको परिचय, नितिनियम को बारे संस्थापक प्रचार्य पम्फा गुरुङ र कोअर्डिनेटर ईश्वर सुवेदी प्रकाश पारेका थिए ।

यस कार्यक्रमा प्रमुख अतिथि नविल बैक गण्डकी प्रदेशका प्रदेश प्रमुख सुर्य बहादुर रोक्काले नवआगन्तुक विद्यार्थीहरुलाई बैंक तथा वित्तिय संस्थाको जनाकारी गराउनुको साथै Motivational Speech समेत भएको थियो ।

उक्त कार्यक्रमा बीएचएममा हाल अध्यानरथ विद्यार्थी दिदस गुरुङ्गले मन्तब्य राख्नुका साथै कलेजमा अध्यायन गर्दाको आफ्नो अनुभव नयाँ विद्यार्थीहरु माझ सेयर गरेका थिए भने नवआगन्तुक विद्यार्थी रोहित गुरुङले एकल नृत्य प्रस्तुत गरेका थिए ।

सिमलचौर ८ मा अवस्थित पोखरा लिंकन ईन्टरनेशनल कलेज करिव एक दसक देखि मलेशियाको लिंकन युनिभर्सिटिवाट सम्बन्धन प्राप्त, नेपालको शिक्षा पन्त्रालयबाट अनुमतिप्राप्त र त्रिभुवन विश्वबिद्यालयबाट समकक्षता प्राप्त अन्तराष्टि?यस्तरको डिग्रि सञ्चालन गरिरहेको छ । साथै कलेजमा एमबीएका कक्षाहरु पनि बेलुकीको समयमा मार्च २०२२ बाट संचालन हुनेछन् ।

You might also like

Comments are closed.