काठमाडौं । आइतबार ३१ दशमलव ९७ अंकले घटेको सेयर बजार सोमबार भने बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलब ९६ अंकले बढेर १९०२ दशमलब २७ विन्दुमा पुगेर बन्द भएको छ ।
सोमबार २ सय ४५ कम्पनीका ४४ लाख ७० हजार ६२५ कित्ता सेयर खरिदविक्री हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ २ पैसा कारोबार भएको नेप्सेपरिसूचकले जनाएको छ ।
आज सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको सेयर यर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक ०.५८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज अन्य समूहको परिसूचक सर्वाधिक ६.१४ प्रतिशतले बढेको छ।
नेप्से परिसूचक बढेको दिन सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको सेयर १० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ ।
त्यस्तै, विकास बैंक, वित्त, होटल्स तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, र म्युचुअल फण्ड समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।
Comments are closed.