कस्टुमर केयर हुने ट्राभल एजेन्सीहरु कहिँले पलायन हुनु पर्दैन् : आचार्य

बेसिक ज्ञानसमेत नहुनेहरुले ट्राभल एजेन्सी खोल्दा पलायन हुने धेरै चान्स हुन्छ।

काठमाडौं । काठमाडौंको एरर्पोटस्थित थ्याङ्क्यु ट्राभल जापानको टिकटका लागि चर्चित छ । छोटो समयमा ग्राहकको मन जित्न सफल थ्याङ्क्यु ट्राभल टिकटका लागि निकै नै भरपर्दो मानिन्छ । त्यसैले त भरपर्दो टिकटका लागि ग्राहकले थ्याङ्क्यु ट्राभललाई नै सम्झिन्छन् । थ्याङ्क्यु ट्राभलले छिट्टै नै जापानमा पनि थ्याङ्क्यु ट्राभल र थ्याङ्क्यु मार्ट खोल्ने तयारी गरेको छ । भने नेपालमा थ्याङ्क्यु होस्टेल पनि संचालनमा ल्याएको छ । यसका साथै थ्याङ्क्युले स्कूल पनि खोल्ने तयारी गरेको छ । यी र यस्तै विषयमा हामीले थ्याङ्क्यु ट्राभलकी कार्यकारी निर्देशकसँग सोधेका छौं । प्रस्तुत् छ थ्याङ्क्यु ट्राभलकी कार्यकारी निर्देशक श्रेशु आर्चायसँग गरिएको कुराकानीः

थ्याङ्क्यु ट्राभल कहिलेदेखि संचालनमा आएको हो ?
विगत २० वर्षदेखि म टुरिजम क्षेत्रमा कार्यरत छु । थ्याङ्क्यु ट्राभल गतवर्षदेखि संचालनमा आएको हो । यस बाहेक मैले अन्य थुप्रै ट्राभल एजेन्सीहरुमा पार्टनरसिप र म्यानेजिङ डाइरेक्टरको रुपमा काम गरिसकेको छु । कोरोना संक्रमणले टुरिजम क्षेत्र एकदमै धरासयी भयो । अहिले भने टुरिजम रेक्टर विस्तरै आफ्नो लयमा फर्किने प्रयासमा छ । विस्तारै सरल र सहजरुपमा हामी अघि बढिरहेका छौं । अहिले धेरै फ्लाइटहरु थपिदै गएका छन् । बिचमा टिकट नपाउने, सिट नपाउने, दुई/दुई वर्षसम्मको होल्ड प्यासेन्जरहरु हुनुहुन्थ्यो अहिले भने विस्तारै सहजरुपमा हामी अघि बढिरहेका छौं ।

थ्याङ्क्यु ट्राभल प्रतिको आकर्षण कस्तो छ ?
थ्याङ्क्यु ट्राभलले स्थापनाको छोटो समयमा नै आफ्नो राम्रो स्थान बनाएको छ । मैले सबै राष्ट्रहरुको टिकटहरु काट्छु । तर मेरो अलिकति बेस जापानतर्फ ढल्किएको छ ।

रिसेन्टली जापानको सिओइ आएका २२ हजार मानिस होल्डमा हुनुहुन्थ्यो । उहाँहरु एकदमै आत्तिनु भएको थियो । त्यसमा ९ देखि १२ हजार विद्यार्थीहरु हुनुहुन्थ्यो, जसको दुई वर्षदेखि १४/१५ लाख रुपैयाँ फ्रिज भएर बसेको थियो । यसैलाई मध्यनजर गर्दै मैले पछिल्लो समय जापान सेक्टरलाई फोकस गरेको छु । थ्याङ्क्यु ट्राभलले एक रुपैयाँ पनि नलिएर डकुमेन्ट बनाइ दिने नियमको शुरुवात गरेको छ ।

थ्याङ्क्यु ट्राभलले एक रुपैयाँ पनि नलिएर १ हजार ९ जनालाई डिपेन्डेन भिषा, एसएसडब्ल्यू, कुकहरुलाई फ्रि अफ कस्ट भिएफएसको अपोइनमेन्ट डेट लिइ दिए भने ७ हजारलाई सम्पूर्ण कडुमेन्टहरु फ्रि अफ कस्ट गरिदिएको थिए । त्यसकारण पनि लगभग जापानमा बस्ने मान्छेहरुले मलाई चाँडै नै चिन्नु भयो ।

थ्याङ्क्यु ट्राभलले एक रुपैयाँ पनि नलिएर नेपालबाट जापानसम्म डकुमेन्ट, औषधीहरु पनि पु¥याइ रहेका छौं । थ्याङ्क्यु ट्राभले कुनै पनि डकुमेन्ट पठाएको चार्ज लिएको छैन । त्यसकारण पनि छोटो समयमा जापानमा धेरैले थ्याङ्क्यु ट्राभललाई चिन्नु हुन्छ । हामीसँग टिकट नकाटेकाहरुलाई पनि केही समस्या पर्यो भने थ्याङ्क्यु ट्राभल छ है भन्नेसम्मको आफ्नो पहिचान बनाउन हामी सफल भएका छौं ।

कोभिडले समग्रमा सबैलाई प्रभाव परेको थियो । अझ विदेशमा जानेहरु जान नपाएर लामो समय रोकिएका थिए । त्यो समयमा थ्याङ्क्यु ट्राभलको सहयोग कस्तो रह्यो ?
थ्याङ्क्यु ट्राभलले कोरोनाको समयमा अरु ट्राभलहरुबाट टिकट काटेर एयरपोर्टमा १६ वर्षभन्दा मुनिका बच्चाहरुलाई फर्काएको अवस्था थियो । त्यो समयमा युएम फोर्म भरेर परिवारबिना जापना पठाउनुपर्छ भनेर त्यसको शुरुवार्त नै थ्याङ्क्यु ट्राभलले गरेको थियो । कोरोनाको समयमा धेरैलाई डकुमेन्ट भर्न आउँदैनथ्यो । उहाँहरुकै डकुमेन्ट बनाइ दिनकै लागि मेरो एक जना स्टाफ एयरपोर्टमा हुनुहुन्थ्यो । डकुमेन्टका लागि हामीले धेरै नै सहयोग गरेका छौं । त्यसकारण नै आज थ्याङ्क्यु ट्राभल एउटा उचाइँमा पुग्न सफल भएको छ ।

विदेश जादा धेरैले ट्राभल एजेन्सीहरुबाट ठगिएको गुनासोहरु गरेका हुन्छन् । यस्ता धेरै घटना तपाई हामीले देखेका भोगेका पनि छौं । विदेश जानेले खास गरि के–के कुरामा ख्याल गर्नुपर्दछ ?
सानो होस् या ठुलो ट्राभल एजेन्सीहरुले सबैभन्दा पहिला आफ्नो प्रोफिटलाई फोकस गर्दछ । धेरै अनलाइन टिकटहरुले भिषा चाहिएर पनि लुकाइ दिएको हुन्छ । अहिले ट्राभल एजेन्सीहरुले क्रेडिट कार्डबाट टिकट काट्दा जापान जाने धेरै भाइबहिनीहरु एयरपोर्टबाट फर्किनुभएको छ । टिकट काट्दा सबैभन्दा पहिला त्यो अथोराइड ट्राभल हो कि होइन भन्ने कुराको ख्याल गर्नुपर्दछ ।

कुनै पनि देशको रुल्स, ट्रान्जिटमा भिषा चाहिन्छ कि चाहिँदैन । यो टिकट एउटै टिकट हो कि होइन ? थ्रो चेकिङ बाटोमा सामान झिक्न पर्छ कि पर्दैन, उता मात्रै हो कि यहाँबाट लगेज त्यही हो, कति घण्टा एयरपोर्ट जाने, ट्रान्जिटमा के डकुमेन्ट देखाउनु पर्छलगायतका बेसिक कुराहरु बुझ्नुपर्दछ ।

साथै टिकट काट्दा टिकट रिफ्ण्ड हो कि होइन, डेट चेन्ज गर्न मिल्छ कि मिल्दैन भन्ने कुराको बेसिक नलेज राख्नु भयो भने कहि पनि ठगिनु पर्दैन । फस्टमा कस्टुमर आफैंले बुझ्ने सेकेण्डमा ट्राभल एजेन्सी पनि बेसिक नलेज भएको चुज गर्नु भयो भने ठगिनु पर्दैन ।

पछिल्लो समय धेरै ट्राभल एजेन्सीहरु पलायन भएको सुन्नमा आउछ । यस्तो के समास्याले भएको हो जस्तो लाग्छ यहाँलाई ?
नेपालमा अहिले किराना पसलभन्दा बढी ट्राभल एजेन्सीहरु भइसके । थ्याङ्क्यु ट्राभल मात्रै होइन कुनै पनि ट्राभल एजेन्सीले आफ्नो कस्टुमरलाई टिकट काट्दा कुनै समस्या आउँछ कि आउँदैन भन्ने कुराको पहिला ख्याल गर्नुपर्छ ।

नेपालका ६० प्रतिशत ट्राभल एजेन्सीहरुलाई टिकट काटेपछि केही समस्या आउँछ कि आउँदै भन्ने कुराको ज्ञानसम्म छैन । हरेक कन्ट्रीको टिकट काट्दा कति देशको नियमहरु चेन्ज भइरहेको हुन्छ । ट्राभल एजेन्सीहरुलाई यतिसम्म थाहा छैन कि यो न्यूज कहाँबाट पाउने हो? यो टिकट काट्दाखेरि कस्टुमरको भोलि के समस्या आउँछ । यो बेसिक नलेज पनि नहुनेहरुले ट्राभल एजेन्सी खोल्दा पलायन हुने धेरै चान्स हुन्छ ।
ट्राभल एजेन्सीहरुले आज पैसा कमाइयो, आज खल्ति भरियो भोलिलाई चाहिँदैन भन्ने सोच्यो र त्यो कस्टुमरले जबसम्म रिफर गर्दैन, तपाईको कस्टुमर दोस्रो चोटि आउँदैन भने तपाईले लसले विजनेस गर्नु भएको छ । आज धनी भएर हुँदैन ।

थ्याङ्क्यु ट्राभलमा ९० प्रतिशत रिफर विजनेस छ । मैले अहिले कस्टुमर खोज्नै पर्दैन । थ्याङ्क्यु ट्राभल खोजेर कस्टुमर आउनु हुन्छ । त्यो भनेको कस्टुमरहरु सन्तुष्ट भएर आउनु भएको हो । म परेको खण्डमा राति साढे १० बजे पनि एयरपोर्ट पुगेको हुन्छु । बिहान फ्लाइटमा जापान पुग्नुहुन्छ भने त्यो दिन म जुनबेला पनि उपलब्ध हुन्छु । कस्टुमर केयर हुने ट्राभल एजेन्सीहरु कहिले पनि पलाय हुनु पर्दैन् ।

थ्याङ्क्यु ट्राभलका आगामी योजनाहरु के छन् ?
हामीले छिट्टै नै जापानमा पनि थ्याङ्क्यु ट्राभल र थ्याङ्क्यु मार्ट खोल्ने तयारीमा छौं । हामीले थ्याङ्क्यु मार्ट बिना प्रोफिट चलाउने प्रतिवद्धता जनाइसकेका छौं । साथै हामीले नेपालमा थ्याङ्क्यु होस्टेल पनि संचालनमा ल्याएका छौं । होस्टेल त नेपालमा थुप्रै छन तर, हामीले अलि फरक तरिकाले संचालन गरेकाछौं । जसको परिवार जापानमा हुनुहुन्छ । उनिहरुका लागि होस्टेलका साथसाथै राम्रो अनि फरक ढंगबाट स्कूल खोल्दैछौं । यो २०८० वैशाखदेखि शुरु गर्नेगरि अहिले हामीले तयारी गरिरहेका छौं ।

lcci
You might also like

Comments are closed.