डल्फिन एजुकेशनको आयोजनमा ‘न्यूजिल्याण्ड वीक’ जारी

काठमाडौं । डल्फिन एजुकेशनको नयाँ बानेश्वर शाखामा ‘न्यूजिल्याण्ड वीक’ जारी छ । उच्च शिक्षा अध्ययनका लागि न्युजिल्याण्ड जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरी न्यूजिल्याण्ड वीकअन्तर्गत न्यूजिल्याण्ड भर्चुअल इन्फरमेशन सेसन आयोजना गरिएको हो ।

‘न्यूजिल्याण्ड वीक’अन्तर्गत जारी भर्चुअल काउन्सिलिङमा न्यूजिल्याण्डका प्रसिद्ध युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधिहर प्रत्यक्ष सहभागी छन् ।

आइतबार सुरु भएको ‘न्यूजिल्याण्ड वीक’ शुक्रबारसम्म जारी रहनेछ । ‘न्यूजिल्याण्ड वीक’ मा सहभागी भई न्यूजिल्याण्ड अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी विद्यार्थीले लिन सक्नेछन् । डल्फिनका अन्य शाखाहरुमा प्रदर्शनी मार्ग, कुमारी पाटी, विराटनगर, धरान, बुटवल, पोखरा, विर्तामोड रहेका छन् ।

परामर्श लिन चाहने विद्यार्थीहरुले अन्य शाखाहरूमा पनि सम्पर्क गर्न सक्नेछन् ।भर्चुअल माध्यमबाट भइरहेको सेसनमा बैंकिङ पार्टनरका रुपमा नविल बैंक रहेको छ।

You might also like

Comments are closed.