गुराँस लघुवित्तद्वारा सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा

काठमाडौं ।  गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्तापुँजी ९ करोड ७५ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्।

गत वर्ष कम्पनीले १६.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश गरी १७.८ प्रतिशत लाभांश वितरण गरेको थियो।

You might also like

Comments are closed.