बाराही हाइड्रोपावरकाे आइपीओ बाँडफाँट, सेयर कति जनाले पाए ?

काठमाडाैं । बाराही हाइड्रोपावर कम्पनीले लिमिटेडको आइपीओ बाँडफाँट भएको छ ।

धितोपत्र निस्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ । कम्पनीको आइपीओ माग भन्दा बढी आवेदन परेकोले  १० कित्ताको दरले सेयर बाँडफाट गरिएकाे हाे । न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट गर्दा ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले कुल सात लाख कित्ता सेयर सार्वजनिक निस्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर छुट्याएको थियो । तर, १ लाख ४ हजार कित्ता सेयरमा निवेदन परेन ।

उक्त १ लाख ४ हजार कित्ता सेयर समेत थप गरी कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । जसको ५ प्रतिशत कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

You might also like

Comments are closed.