महालक्ष्मी विकास बैंकद्वारा १०.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडाैं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरूलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/ ७९ सम्मको सञ्चित मुनाफबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँ रहेको र  सोही पुँजीको आधारमा कम्पनीले १०.४७ प्रतिशत  लाभांश दिन लागेको हो।

उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी २१औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

 

You might also like

Comments are closed.