पोखरा । सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको संस्थाका जेष्ठ सदस्य खगेन्द्रमान ताम्राकारले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै खगेन्द्रमान ताम्राकारले संस्थाकै जेष्ठ सदस्यलाई प्रमुख अतिथि बनाएर सहकारीका सेयर सदस्यहरुलाई उत्साह थप्ने काम गरेको बताउदै सहकारीमा आवद्ध सम्पूर्णले सहकारीको मर्मअनुसार काम गर्दै उत्कृष्ट बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै संस्थाका सल्लाहकार टुवराज बास्तोलाले सहकारीको सिद्धान्तअनुसार सहकारी अगाडि बढ्दै उत्पादनशील क्षेत्रसंगै व्यावसायिक क्षेत्रमा सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए । सो अवसरमा स्नातक र स्नातकोत्तर उतीर्ण भएका सहकारीमा आवद्ध सेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सेयर सदस्यहरु विश्वहरि जोशी र अनिता जोशीका छोरी एलिना जोशी (ब्याचलर अफ साइन्स एण्ड नर्सिङ) विशिष्ट श्रेणीमा उतीर्ण, नविन नापित र कमला नापितका छोराछोरी सृष्टी नापित (बीडिएस) प्रथम श्रेणीमा उतीर्ण र अभिषेक नापित (ब्याचर अफ साइन्स) द्धितिय श्रेणीमा उतीर्णलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा उत्कृष्ट बचत गर्ने सेयर सदस्यहरु जुनाकुमारी पोख्रेल पन्त, राजु श्रेष्ठ, आरती गुरुङ, रामकुमारी गुरुङ, पवन श्रेष्ठ र मोहनमान जोशीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकृष्ण बास्तोला, सचिव चिन्तामणी बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सिना र लेखा समिति संयोजक राजु श्रेष्ठले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदनमाथि सभाले अनुमोदन गरेको थियो ।
संस्थाका उपाध्यक्ष सरिता ताम्राकार स्वागत मन्तब्य राखेको कार्यक्रममा सहकारीको सात सिद्धान्तको बाचन अध्यक्ष चिन्तामणी बास्तोलाले गरेका थिए । ६ सय ४३ सेयर सदस्य रहेको सहकारीमा ५ करोड १६ लाख ६ सय सेयर पूँजी रहेको छ ।
Comments are closed.