रियलमी १० प्रो प्लस फाइभजी नेपालमा पनि उपलब्ध

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागसिप लेबल कर्भ भिजन डिस्प्लेसहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभजी नेपालमा समेत उपलब्ध हुने भएको छ।

मिडरेन्जको यो प्रिमियम फोन कर्भड भिजन डिस्प्लेका कारण चर्चित छ। रियलमी १० प्रो प्लस फाइभजी यो सेग्मेन्टक‍ पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागसिप लेभलको कर्भड भिजन डिस्प्ले प्रयोग भएको छ।

रियलमी १० प्रो प्लस फाइभजीमा २१६० हर्ज पीडब्ल्यूएमको डिमिङ छ । ९३.६५ प्रतिशत स्क्रिन-टु–बडी रेसियो भएको यो फोनको मोटाइ जम्मा २.३३ मिमि छ जसले गर्दा यो फोन अत्यन्तै स्लिम देखिन्छ । यो रियलमीको कर्भड डिस्प्ले स्मार्टफोनमै सबैभन्दा न्यारो बटम बेजेल पनि हो । त्यसैगरी यो संसारकै पहिलो ओएलईडी डिस्प्ले हो जसले टीयूभी रेनल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट पनि पाएको छ। आकर्षक हाइपरस्पेस डिजाइन र अल्ट्रा–लाइट बडी भएको रियलमी टेन प्रो प्लसको तौल १ सय ७३ ग्राम मात्र छ ।

त्यस्तै यसमा ५ हजार  एमएएचको ब्याट्री प्रयोग गरिएको छ। यो फोन १७ मिनेटमै ५० प्रतिशत सम्म चार्ज हुन्छ । यसमा डाइमेन्सिटी १०८० फाइभजी चिपसेट छ जसमा ६ न्यानोमिटरको हाइ एफिसियन्सी प्रोसेसर र ५ लाख  २० हजार AnTuTu बेन्चमार्क छ।

त्यस्तै यसमा फ्ल्यागसिप लेभलकै १०८ एमपीको क्यामरा प्रयोग भएको छ। नोनापिक्सेल टेक्नोलोजीयुक्त यी क्यामेराले अत्यन्तै क्लियर तस्बिर लिन सक्छन् । यी क्यामेरामा सुपर ग्रुप पोट्रेट, वान टेक तथा स्ट्रिट फोटोग्राफी मोड ३.० जस्ता फिचरहरु छन् जसले वाटरमार्क सहित एकदमै राम्रो तस्बिर लिन सक्छ ।

आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मूल्य ४५ हजार ९ सय ९९ छ भने यसको स्टोरेज क्षमता ८ जीबी + १२८ जीबी छ।

पुस ९ गते शनिबारदेखि नेपालभरि उपलब्ध हुने रियलमी टेन प्रो प्लस फाइभजी किन्ने ५० जना भाग्यशाली ग्राहकले रियलमीका तर्फबाट एउटा सफारी ब्याग उपहारका रुपमा प्राप्त गर्ने बताइएको छ भने ६, ७ र ८ गते दराजबाट खरिद गर्दा २००० रुपैयाँ सम्मको फ्ल्याट डिस्काउन्ट प्राप्त गर्न सकिनेछ।

You might also like

Comments are closed.