फिस्टेल लजमा क्रिसमस इभ गाला डिनर

पोखरा । पोखराको लेकसाइडमा रहेको फिस्टेल लजले क्रिसमसलाई मध्यनजर गर्दै क्रिसमस इभ गाला डिनर आयोजना गरेको छ । डिसेम्बर २४ शनिबार लजले गाला डिनरसहित क्रिसमस इभ विशेष कार्यक्रम गर्न लागेको जनरल म्यानेजर रोशन खवासले जानकारी दिए । लाइभ डिजेको साथमा गाला डिनर हुनेछ ।

गाला डिनरमा सहभागी हुनका लागि एक जनाले ३ हजार ५ सय रुपैयाँ र २ जनाले ६ हजार ५ सय रुपैयाँको टिकट लिनुपर्नेछ । १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट सोही रेटमा समावेश गरिएको छ । उक्त प्याकेज अन्तर्गत वेलकम ड्रिङ्क्स, लाइभ डिजे म्युजिक, बोन फायर, गाला डिनर समावेश गरिएको छ । शनिबार बेलुका ७ बजेपछि कार्यक्रम सुरु हुने लजले जनाएको छ । १२ वर्षभन्दा तलका बालबालिकाको लागि ५० प्रतिशत छुटको व्यवस्था छ ।

फेवातालको पारी जंगलको फेदमा लज अवस्थित छ । रिसोर्ट शैलीमा आकर्षक संरचनासहित बनेको लज पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको खवास बताउँछन् ।

त्यसैगरी लजले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आकर्षक प्याकेज ल्याएको छ । न्यु इअर इभमा समेत लजले गाला डिनरसमेत आयोजना गर्नेछ ।

lcci
You might also like

Comments are closed.