नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अपराह्न ४ बजे सपथ ग्रहण गर्दै

काठमाडौं ।  माओवादी अध्यक्ष प्रचण्डले अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै छन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले बतायो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । सोही समारोहमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीबाट सिफारिस हुने मन्त्रीले राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर शपथ खान लागेको माओवादी स्रोतले जनाएको छ ।

पेरिसडाँडामा बिहानबाट जारी पदाधिकारी बैठकमा सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्री र विकसित घटनाक्रमबारे छलफल भइरहेको छ।

त्यसअघि नै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटार निवासबाट बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।

 

You might also like

Comments are closed.