काठमाडौं । सोमबार सेयर बजारमा सोमबार हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५६.८८अंकले बढेको छ । सोमबार नेप्से ५६. ८८ अंकले बढेर १९२४.०९ बिन्दुमा उक्लिएर बन्द भएको हो ।
सोमबार कुल २५० धितोपत्रको ३८ हजार ५५३ वटा कारोबारबाट ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, कारोबारको आधारमा नेपाल दूरसंचार कम्पनी अग्रिम स्थानमा छ। यसको आज २० करोड ८८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटा उपसुचकमा अन्य उपसुचकबाहेक बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा गोर्खाज फाइनान्स र धौलागिरी लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्।
Comments are closed.