आर्थिक गतिविधि बढाउने लेखनाथ महोत्सवको उद्देश्यमा सगरमाथा इन्स्योरेन्सको साथ

चंकी क्षेत्री, प्रमुख कार्यकारी अधिकृत, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड

हामीले लेखनाथ महोत्सवमा सुरुवातदेखि नै सहकार्य गर्दै आएका छौं । आर्थिक गतिविधिलाई बढाउने भन्ने लेखनाथ महोत्सवको जुन उद्देश्य छ, त्यसलाई हामीले पहिलेदेखि नै साथ दिँदै आएका छौं । कोरोना संक्रमणका कारण छाएको आर्थिक मन्दी पछिको आर्थिक गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने लेखनाथ उद्योग वाणिज्य संघले बनाएको सोचलाई सहयोग गर्ने उद्देश्यले हामीले मुख्य प्रायोजकका रुपमा काम गरेका छौं ।

त्यतिमात्रै नभइ दुरदराजबाट आएका हस्तकला तथा स्थानीय उत्पादनहरुको प्रवद्र्धन हुने कुरालाई पनि इन्स्योरेन्ससँग जोडेर त्यसमा पनि कथमकदाचित कुनै घटना घट्यो भने त्यसलाई हामीले कसरी सपोर्ट गर्नसक्छौं, कृषि उत्पादनहरुलाई कसरी अगाडि बढाउने, उनीहरुका उत्पादनहरुलाई कसरी जनमानसमा पु¥याउने, कृषकहरुले कृषिमा जुन लगानी गर्नुभएको छ त्यसलाई सेक्युरिटी कसरी गर्ने अर्थात् कारणवस कुनै दुर्घटना भयो अथवा अन्य कुनै नोक्सानी भए पनि व्यवसायीले गरेको लगानी खेर जाँदैन त्यसका लागि सगरमाथा इन्स्योरेन्स कम्पनी छ । थोरै पैसामा पनि उहाँहरुको इन्स्योरेन्स हुन्छ भन्ने उद्देश्यले पनि हामीले यसलाई बढावा दिएको हो । किनकि कृषकहरुको उत्पादक क्षमता बढ्यो भने त्यसले आर्थिक रुपमा धेरै सहयोग गर्छ भनेर पनि हामीले त्यसमा अगाडि बढेका हौं ।

इन्स्योरेन्स कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्समा के फरक छ भने हामी दुरदराजसम्म जान खोज्छौं । कृषिलाई बढावा दिन्छौं । सरकारको नीति अनुसार कृषि कार्यक्रमहरुमा अग्रसरका साथ काम गर्छौं । र, अन्य क्षेत्रमा हामी राम्रो भएको कारण के हो भने हामी ग्राहकहरुको मन जित्न सफल छौं । इन्स्योरेन्स गर्ने भनेको सुरक्षित रहनका लागि हो । त्यसमा हामीले ग्राहकलाई सुरक्षित र सवल तरिकाले सुविधा दिइरहेका छौं । हाम्रो राम्रो कुरा के छ भने हामी सेवा दिने कुरामा हामी अगाडि छौं । त्यो सन्तुष्टिले नै हाम्रो ग्राहकको विश्वास छ र त्यो विश्वासले नै हाम्रो विजनेश राम्रो भएको हो । नेपालभरी हेर्ने हो भने हामी विजनेशमा सेकेन्ड पोजिसनमा छौं । गण्डकी प्रदेशमा पनि हाम्रो अवस्था राम्रो छ । राम्रो भएको कारण के हो भने जुन हाम्रो लेखनाथ र यहाँका अन्य जुन संघ संस्थाहरु हुनुहुन्छ उहाँहरुले त हामीलाई विश्वास गरेर प्रायोजकको लागि पनि आग्रह गर्नुभयो र उहाँहरुको जति विजनेश छ त्यसमा हामीलाई पनि मद्दत गरिरहनुभएको छ । त्यसले पनि यहाँ विजनेश राम्रो भएको हो । हामीले छिटो छरितो सेवा प्रदान गर्ने गरको छौं ।

कुराकानीमा आधारितः

You might also like

Comments are closed.