कांग्रेस र नेकपाका कार्यकर्ता नयाँ डन बने ः मुख्यमन्त्री गुरुङ

पोखरा, फागुन ५

jutta mela

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुराना डनलाई तह लगाएपनि नयाँ डन जन्मेको बताएका छन् । कास्की जिल्ला स्तरीय समन्वय तथा समीक्षा बैठकलाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले कांग्रेस र नेकपाका कार्यकर्ताहरु नयाँ डन भएर देखापरेको बताएका हुन् ।

नयाँ तथा पुराना सबै डन खराब भएकाले उनीहरुलाई परास्त गर्नुपर्ने बताउँदै उनले भने,‘हिजो घोषित डन थिए, उनीहरुलाई प्रहरी÷प्रशासन लगाएर तह लगाइयो, अहिले कांग्रेस र नेकपाका कार्यकर्ताहरु डन भइरहेका छन्, पहिले र अहिले बनेका डनहरु दुबै खराब हुन्, यिनिहरुलाई परास्त गर्नुपर्छ ।’ उनले ढुंगा, माटो, गिट्टी, वालुवालगायत अवैध, अनियमित तरिकाले उत्खनन् र निकासी भइरहेकको भन्दै यसलाई रोक्न निर्देशन दिए ।

You might also like

Comments are closed.