प्राकृतिक बचतको १३ औं साधारण सभा सम्पन्न

ललितपुर । प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल प्रमुख आतिथि रहेका थिए ।

साधारण सभामा १२ वटा प्रस्ताव उपर छलफल गरी पारित गरिएको छ । संस्थामा हाल ६ हजार २ सय १७ जना सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी ६ करोड ६७ लाख १ हजार रुपैयाँ रहेको छ ।

संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा ५२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ करोड १६ लाख रुपैयाँ सदस्यलाई लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको कुल सम्पत्ती ९५ करोड ६७ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

lcci
You might also like

Comments are closed.