प्राविधिक विश्लेषणको क्षेत्रमा एक नविनतम सफ्टवेयर ‘मेरोलगानी एआईचार्ट’ सार्वजनिक

काठमाडौं ।  एस्ट्रिक टेक्नोलोजीले प्राविधिक विश्लेषणको क्षेत्रमा एक नविनतम सफ्टवेयर ‘मेरो लगानी एआईचार्ट’ सार्वजनिक गरेको छ ।

अंग्रेजी नयाँ वर्ष सन २०२३ को जनवरी १ (पुस १७ गते) को अवसरमा एस्ट्रिक टेक्नोलाजीले, निष्पक्ष रुपमा प्राविधिक विश्लेषण गर्ने एआई चार्ट बजारमा ल्याएको हो ।विगत १० वर्षदेखि नेपाली पूँजीबजारलाई मूख्य धार बनाइ समग्र अर्थतन्त्रसम्बन्धि समाचार सम्प्रेषण गर्दै आएको मेरोलगानी डटकम सञ्चालन गर्ने एस्ट्रिक टेक्नोलोजीले हरेक वर्गका लगानीकर्ताहरुका लागि यो नयाँ प्रडक्ट अनवरण गरेको जनाएको छ ।

कम्पनीले सर्वाजनिक गरेको यो नविनतम सफ्टवेयरमा नेप्सेका हरेक सूचक, हरेक सेक्टर, हरेक स्टकहरुको निष्पक्ष प्राविधिक विश्लेषण हेर्न सकिनेछ ।प्राविधिक विश्लेषणका हरेक पाटाहरुलाई नियाल्दै ‘स्मार्ट मनि कन्सेप्ट र प्राइस एक्सन ट्रेडिङ्ग’ लाई प्रयोग गरेर ‘इन्स्टीच्युसनल अर्डर फ्लो’हरुलाई ट्रयाक गरी निष्पक्ष विश्लेषण यस सफ्टवेयरमा देख्न सकिने कम्पनीले जनाएको छ ।

यो एकदमै एडभान्स लेभलको सफ्टवेयर हो । कुनै पनि बजारमा शतप्रतिशत मिल्ने गरी प्रक्षेपण गर्न सकिँदैन । यस सफ्टवेयरले हरेक लगानीकर्ताहरुलाई व्यवहारिक रुपमा ७० देखि ८० प्रतिशतसम्मको एक्यूरेशि दिने कम्पनीको भनाई छ ।जथाभावी विश्लेषण गरेर प्राविधिक विश्लेषण र विश्लेषक दुबै बदनाम भइरहेको अवस्थामा यस सफ्टवेयरले प्राविधिक विश्लेषणमाथि आम लगानीकर्ताको अवधारणा नै परिवर्तन गर्ने कम्पनीको विश्वास छ ।

यस सफ्टवेयरको सहयोगले हरेक लगानीकर्ताहरुले बजार अब कता जान्छ ? जोखिम कति छ ? प्रतिफल कति छ ? कहिले खरिद गर्ने ? कहिले बिक्री गर्ने ? लगायतका विश्लेषण आफैले गर्न सक्ने कम्पनीले जनाएको छ ।यस एआईचार्ट जो कोही लगानीकर्ताले पनि बुझ्न सकिने गरि निर्माण गरिएको छ । भर्खरै सेयर बजारमा प्रवेश गरेका लगानीकर्ताहरुका लागि सजिलो हुने गरी यसमा सेल जोन र बाई जोन राखिएको छ जसका आधारमा जो कोहीले पनि लगानीको निर्णय गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

You might also like

Comments are closed.