‘फुटवेयर प्रदर्शनीले हामी आत्मनिर्भरको बाटोमा छौं भन्ने सन्देश दिन्छ’

छविलाल पौडेल, सदस्य, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपाल

१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हामीले खासगरी फुटवेयर व्यवसायीको व्यावसायिक प्रर्वद्धनका लागि गरेका हौं । यसमा हामीले उत्पादन गर्ने फुटवेयर र अन्तर्राष्ट्रियस्तरमा उत्पादन हुने फुटवेयरमा के फरक छ भन्ने कुराको जानकारी पाउन सहयोग पुग्नेछ ।

प्रदर्शनीले व्यवसायी व्यवसायीहरुबीचको सम्बन्ध बलियो बनाउन पनि मद्दत गर्छ । यसका साथै भोलि राज्यले नीति नियम बनाउँदा पनि नेपालमा के–कस्ता फुटवेयरसम्बन्धी उत्पादन हुन्छ र यसमा कति व्यवसायी आवद्ध छन् भन्ने कुराको पनि जानकारी दिने र नीति नियम बनाउँदा पनि यसले सहयोग पुग्ने हाम्रो विश्वास छ । यो व्यवसायी लक्षित प्रदर्शनी हो ।

यहाँ उपभोक्ता होइन व्यवसायी व्यवसायीबीच आफ्ना वस्तुहरुबारे जानकारी लिन दिन सक्नेछन् । प्रदर्शनीले नेपाल फुटवेयर सम्बन्धी उत्पादनमा अहिले कुन अवस्थामा छ भन्ने कुराको पनि जाँच्न मद्दत गर्नेछ । हामीले धेरै व्यवसायीहरुलाई सहभागी गराउने प्रयास गरेका छौं तर अहिलेको आर्थिक मन्दीका कारण धेरै व्यसायीहरु यसमा सहभागी हुन सक्नु भएको छैन ।

यो प्रदर्शनीमा एउटै छानामुनि भएका स्टलहरु हेर्दा हाम्रो भर्खरै उदाउँदै गरेको अर्थतन्त्र र हरेक वस्तु आयात भइरहेको अवस्थामा कम्तीमा फुटवेयरले ६० देखि ७० प्रतिशत आत्मनिर्भर भइरहेको छ भन्ने कुराको छनक दिन्छ ।

कुराकानीमा आधारित

 

lcci
You might also like

Comments are closed.