काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा कुनै पनि समयमा अवरुद्ध हुन सक्ने बताएको छ ।
बिहीबार आइस्पानका अध्यक्ष सुधिर पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै सेवा प्रदायकहरुले जति प्रयास गर्द पनि अपरेसन सुचारु गर्न नसक्ने अवस्था आएकाले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने बताएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ”पोखरा इन्टरनेट सेवा प्रदायकहरुको मुुख्य अपरेशन सेन्टरमा नेपाल विद्युत प्राधिकरणले छानेरै विद्युत विच्छेद गरेको छ ।सेवा प्रदायकहरुले जति प्रयास गर्द पनि अपरेसन सुचारु गर्न नसक्ने अवस्था आएकाले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने छ । साथै यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिई क्षतिपूर्ती समेत दिनुपर्छ ।”
त्यस्तै, विज्ञप्तिमा राज्यका विभिन्न जिम्मेवार निकाय समक्ष सत्य तथ्य प्रस्तुत गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अपिल गर्दा पनि स्थितिमा कुनै सुधार नआएको र आवश्यक पहल र हस्तक्षेपकारी कार्य गर्न राज्यका निकायहरुलाई ध्यानाकर्षण समेत गरेको छ ।




Comments are closed.