साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली आएको छ । बुधबार ६४.७८ अंकले बढेको नेप्से परिसूचक बिहीबार पनि १८ दशमलब ०६ अंकले बढेको छ ।
आज नेप्से परिसूचक १८ दशमलब ०६ अंकले बढेर नेप्से २१४३दशमलब ९३ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ सेयर किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ कारोबार भएको छ ।
कारोबारको आधारमा आज कुल १४७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने ४ को स्थिर रहयो ।कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, रिडी पावर, हिमाल दोलखा हाइड्रो, एनआईसी एसिया बैंक र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।
चन्द्रागिरि हिल्स, बुद्धभूमि हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त, बाराही हाइड्रोपावर, हिमालयन ऊर्जा विकास, इस्टर्न हाइड्रो र हिमालयन हाइड्रोपावरको मूल्य ९.८ देखि १० प्रतिशतसम्म बढ्यो ।
उपसमूहगत रुपमा हेर्दा बैंकिङ ४ र अन्य उपसमूह १३ अंक घटे । अरु सबै बढेका छन् । विकास बैंक ३, फाइनान्स ५०, होटल तथा पर्यटन १७८, जलविद्युत् ४१, लगानी २, जीवन बीमा १३४, उत्पादन १६४, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा १३०, र ब्यापार उपसमूह ५१ अंक बढे ।
Comments are closed.