काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ( इक्यान)का अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वको टोलिले नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठसँग भेट गरेको छ ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वमा निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे, महासचिब दिपकराज भुसाल, सदस्य भबनाथ हुमागाईं , सल्लाहकार लोकेन्द्र सुवेदी एवम पुर्ब का.स.सह-कोषाध्यक्ष रमेश वाग्लेलगायतको टोलीले बिहीबार भौतिक पूर्वाधार मन्त्री श्रेष्ठलाई भेटी बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
आज भएको उक्त भेटमा मन्त्री श्रेष्ठसँग शैक्षिक परामर्श बिविध बिषयमा छलफल भएको इक्यानले जनाएको छ । त्यसैगरी, उक्त शैक्षिक परामर्श क्षेत्रसम्वन्धी मन्त्री सकरात्मक रहेको र यसले इक्यान उत्साहित भएको अध्यक्ष प्रकाश पाण्डले बताए ।
Comments are closed.