जलवायु परिवर्तनका कारण हिमनदी लोप हुँदै

काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वमा हिमनदी लोप हुने अवस्थामा पुगेका छन् । विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न नसकेको खण्डमा हिमनदीलाई जोगाउँन नसकिने एक तथ्यांक सार्वजनिक भएको छ ।

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेको उक्त अध्ययनले देखाएको हो । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने नयाँ अध्ययनले देखाएको छ।

तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः रहेको वैज्ञानिकहरूले बताएका छन् । सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन्। अध्ययनअनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् ।

सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीबार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ।

lcci
You might also like

Comments are closed.