देव दर्शन सहकारी ९६ लाख मुनाफा कमाउन सफल

काठमाडौं । देव दर्शन बचत तथा ऋण सहकारीले संस्थाले आर्थिक वर्ष २०७८/७९ मा मुनाफा आर्जन गर्न सफल भएको छ ।

विसं २०६६ असार ६ गतेदेखि कारोबार थालनी गरेको सो संस्थामा हाल तीन हजारभन्दा बढी सेयर सदस्य आबद्ध छन् भने कुल सम्पत्ति रु एक अर्ब १७ करोड ६५ लाखभन्दा माथि पुगेकोे छ ।

कोभिड सङ्क्रमणबाट उत्पन्न आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको सङ्ख्यात्मक वृद्धि, घरजग्गा व्यापारमा आएको मन्दी, तरलता र ब्याजदरलगायत कारण वित्तीय कारोबार गर्ने संस्थाले सन्तोषजनक उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थामा पनि संस्थाले सो आवमा रु ९६ लाख २० हजार आठ सय २८ मुनाफा कमाएको संस्थाको १४औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सो आवमा आफ्नो कारोबार रु एक अर्ब १७ करोड ६५ लाख ७४ हजार आठ सय ६८ पुर्‍याएको थियो । आव २०७८/७९ मा सो संस्थाको निक्षेप सङ्कलन रु एक अर्ब छ करोड ५६ लाख २२ हजार र सेयर पुँजी रु चार करोड २७ लाख सात हजार पुगेको जनाइएको छ । प्रतिवेदनमा आव २०७९/८० सेयर पूँजी रु पाँच करोड पुर्‍याउने, निक्षेप संकलन  रु एक अर्ब २७ करोड र कर्जा लगानी रु २१ करोड पुर्‍याउने लक्ष्य लिएको उल्लेख छ ।

यसैगरी देव दर्शन पुलेसो, आवधिक, छोटो अवधि, व्यापारिक, घर, हायर पर्चेच, महिला उद्यमी, सेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, लघु, गरिबी निवारणलगायतका कर्जा तथा सापट योजना संस्थाले कार्यान्वयनमा ल्याइरहेको छ

कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले आव २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखा संयोजक विमलविक्रम बानियाँले लेखा प्रतिवदन, उपाध्यक्ष बेलीमैया घले र सञ्चालक समिति सदस्य नानु थापा (पण्डित)ले संस्थाका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

सोही कार्यक्रममा गत वर्षको माध्यमिक शिक्षा परीक्षामा सर्वेत्कृष्ट अंक प्राप्त गर्ने अर्पिता गौतम र विशाल गोपालीलाई ‘देव दर्शन अवार्ड’ प्रदान गरिएको थियो । सो अवार्डमा नगद रु पाँच हजारसहित सम्मानपत्र रहेको छ ।सोही अवसरमा शिक्षा क्षेत्रका उन्ननयनमा अथक योगदान पुर्‍याएवापत समाजसेवी सुरेन्द्रबहादुर खड्कालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

यसैगरी कार्यक्रममा हरिशरण खत्री र सन्तोष श्रेष्ठलाई नगद रु पाँचहजार सहित ‘उत्कृष्ट कर्मचारी सम्मान’ प्रदान गरिएको थियो भने संस्थाका सदस्य राधा नेपाल, उत्तमराज सिलवाल, सोमे लो, रुकमणि मलामी, सिद्धिलाल महर्जन, दिलबहादुर श्रेष्ठ, राजु महर्जन र कमल सिग्देललाई सम्मान गरिएको थियो । चन्द्रागिरि नगरप्रमुख गिरी, उपप्रमुख श्रेष्ठ, रजिष्ट्रार ज्ञवालीे र संस्थाका अध्यक्ष घिमिरेले ती व्यक्तित्वलाई संयुक्तरूपमा सम्मान अर्पण गरेका थिए ।

राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, जिल्ला सहकारी संघ काठमाडौं तथा काठमाडौँ बचत तथा ऋण सहकारी संघमा आबद्ध चन्द्रागिरि नगरपालिका-५ स्थित दाउराडिपोमा रहेको सो संस्थाले आफ्ना सेयर सदस्यतलाई रु पाँच हजार सुत्केरी भत्तासमेत प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष रामनारायण घिमिरेका अनुसार निक्षेप संकलन नियमित, देव दर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देव दर्शन विशेष, कल गोल्डेन, बोनसलगायत बचत सेवा सञ्चालित छन् ।

lcci
You might also like

Comments are closed.