प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।

मतदानमा प्रधानमन्त्री प्रचण्डको पक्षमा दुई सय ६८ मत खसेको थियो भने विपक्षमा जम्मा दुई मत खसेको थियो। आज दुई सय ७० सांसद् उपस्थित थिए ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डले आज विश्वासको मत लिएका हुन् ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले पाएको मत ९९ प्रतिशतभन्दा धेरै हो । यसअघि गएको पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर एक सय ६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

You might also like

Comments are closed.