सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते

काठमाडौं । म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु भएको छ भने, १३९ जना घाइते भएका छन्।

देशको अग्नि सेवा विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२२ मा देशभर एक हजार ५०७ आगलागीका घटनाहरू घटेका थिए । अग्नि सेवा विभागका अधिकारीले सो विवरण सिन्ह्वालाई बताएका छन्।

सबैभन्दा धेरै आगलागी दुर्घटनाहरू याङ्गुन क्षेत्रमा भएका छन्। त्यसपछि क्रमशः मन्डले, सागिङ र बागो क्षेत्रहरू आगलागीका घटनाहरू उल्लेख गरिएका छन्। याङ्गुन क्षेत्रमा सन् २०२२ मा सात जनाको मृत्यु भएको छ भने, २२ जना घाइते भएका छन्।

आगलागीका कारणहरूमा लापरवाही, त्रुटिपूर्ण विद्युतीय तार जडान, आगजनी, डढेलो र चट्याङ लगायतका प्राकृतिक विपत्ति रहेका छन् ।

You might also like

Comments are closed.