यस्तो छ प्रतिनिधि सभाको बैकमा सभामुख घिमिरेको पहिलो सम्बोधन (पूर्णपाठ)

काठमाडौं । सभामुख देवराज घिमिरेले आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पारेका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा आफ्नो पहिलो मन्तव्य व्यक्त गर्दै सभामुख घिमिरेले आफू निष्पक्ष भूमिकामा रहनका लागि पार्टीका सबै जिम्मेवारी छाडेको समेत प्रष्ट पारेका छन् ।

साथै उनलेराजनीतिक दलहरुका बीचमा यदाकदा संसद्‌मा हुने बहस र विमर्शको क्रममा उत्पन्न हुन सक्ने स्वभाविक प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्मबाट समाधान गर्न म सदैव क्रियाशील रहने बताएका छन् ।

सभामुखका रूपमा आफू निष्पक्ष र सबैको साझा हुने र सदनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् ।  उनले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अध्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै उनले प्रतिनिधि सभाको हालसम्म अध्यक्षता गर्नु हुने जेष्ठ सदस्य पशुपति शम्शेर जबरालाई धन्यावद व्यक्त गरे ।

 

You might also like

Comments are closed.