काठमाडौं । एशियामा व्यापकरूपमा रहेको प्रि–स्कूल चेन Kidzee ले शनिबार काठमाडौंमा बाल सुरक्षासम्बन्धी सेमिनार “आई केयर” को आयोजना गरेको छ ।
ललितपुर महानगरपालिकाका उप–मेयर मञ्जली शाक्य बज्रचार्यको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा, काठमाडौं उपत्यकाका प्रसिद्ध विद्यालय र प्रि–स्कूलका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका मुख्य अतिथि शिक्षाविद् किङ्स्टन डिसुजाले विद्यार्थीहरूलाई सिकाउदा उनीहरुको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने कुराबारे जानकारी गराए ।
Kidzee ले बाल दुर्व्यवहारको विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावहरूका बारेमा दर्शकहरूलाई सचेत र शिक्षित बनाउने आशाका साथ बाल दुर्व्यवहारको रोकथामका लागि एउटा अभियानको रूपमा आई केयरको सुरुवात गरेको हो ।
बाल दुर्व्यवहारका मुख्य चार प्रकारहरू शारीरिक दुर्व्यवहार, भावनात्मक दुर्व्यवहार, उपेक्षा र यौन दुर्व्यवहार हुन् । किड्जीले २ हजार भन्दा बढी केन्द्रको सञ्जालका साथमा १४ लाख विद्यार्थीहरूलाई पालन–पोषण गरीरहेको छ । किड्जीले एक लाख भन्दा बढी शिक्षकहरूलाई तालिम दिएको छ ।
नेपालका ५ प्रमुख शहरका १३ स्थानमा Kidzee को उपस्थिति बढ्दो क्रममा छ । २० वर्षभन्दा बढीको विरासत रहेको प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, Kidzee “बाल्यकालको लागि के सही छ भन्ने सिद्धान्त”द्वारा निर्देशित रहेका बालबालिकाहरु सिक्ने र बढ्ने सुरक्षित ठाउँ हो ।
Comments are closed.