कोइरालाले भने : ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन, दिएर गल्ती गरियो’

काठमाडौं ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर गल्ली गरेको बताएका छन् ।

कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूसँगको आइतबार जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । सोही अनुसार पुस २६ गने नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले भने, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’

 

बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति९उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ । कोइरालापक्षको बैडक बत्तीसपुतलीमा जारी छ ।

 

You might also like

Comments are closed.