कामना सेवा विकास बैंकको नाफामा ४३.०१ प्रतिशत गिरावट

काठमाडौं । कामना सेवा विकास बैंकको नाफामा ४३.०१ प्रतिशत गिरावट आएको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४३.०१ प्रतिशतले कम हो । गत वर्ष बैंकले यस अवधिमा ३४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो त्रैमाससम्म आइपुग्दा कामन सेवाको खुद ब्याज आम्दानी भने १२.८८ प्रतिशतले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी ९० करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

हाल कामनाको चुक्ता पुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ छ । बैंकको कस्ट अफ फन्ड १०.२४ प्रतिशत रहेको छ ।

यसको खराब कर्जा अनुपात १.७७ प्रतिशतबाट बढेर ३.७० प्रतिशत पुगेको छ।प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा रहेको कामना सेवाको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २१ पैसा रहेको छ ।

त्यस्तै, सञ्चालन नाफा ४३.०१ प्रतिशतले घटेर २७ करोड ९८ लाख रुपैयाँमा झरेको छ । यता, बैंकको इम्पेयरमेन्ट चार्ज भने २०७५ ले बढेर ३० करोड १५ लाख रुपैयाँ पुगेको छ ।

You might also like

Comments are closed.