काठमाडौं । शनिबार २१ वाणिज्य बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण गरेको छ । नेपालमा हाल २२ ओटा वाणिज्य बैंक भएपनि एक बैंकले अपरिष्कृत वित्तीय विरण प्रकाशित गरेको छैनन् ।
हिजो वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा नविल बैंकले कमाएको छ । नबिल बैंकले ३ अर्ब ४१ करोड नाफा ।
कारोबार रकमका आधारमा नबिलले बढी नाफा कमाएको छ भने प्रतिशतका आधारमा एभरेष्ट बैंकले आवको ६ महिनामा नाफा ८९.२९ प्रतिशतले बढाएको छ ।कृषि विकास बैंक भने ऋणात्मक अवस्थामा देखिएको छ ।
उसले गत आवको समीक्षा अवधि भन्दा यस आवको ६ महिनामा १०९.०६ प्रतिशत नाफा घटाएको छ । ग्लोवल आइएमई बैंकले २ अर्ब ७८ करोड नाफा कमाएको छ ।
१४ वटा बैंकले नाफा बढाउँदा ७ वटाको नाफा घटेको छ भने नेपाल इन्भेष्टमेण्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको पाइएन । प्राइम, प्रभु, नेपाल बैंक, सिद्धार्थ, सिटिजन्स र सनराइजले नाफा घटाएका छन् भने कृषि विकास बैंक ऋणात्मक अवस्थामा पुगेको हो ।
वित्तीय विवरण सार्वजनिक गरेका २१ वाणिज्य बैंक मध्ये २ वटा बैंकले ३ अर्ब बढी नाफा कमाउँदा २ वटाले २ अर्ब बढी नाफा कमाएका छन् ।त्यसैगरी १२ वटा बैंकले १ अर्ब नाफा कटाए भने ४ वटाको नाफा एक अर्ब भन्दा तल छ भने एक बैंक ऋणात्मक रहेको देखिन्छ ।
Comments are closed.