काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २१ लाख कित्ता आइपीओ बिक्री सोमबारदेखि विक्री खुला गरेको हो ।
कम्पनी जारी गरेको २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
यस्तै, ५ प्रतिशत अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ भने बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि बिक्र खुला गरेको हो । बाँकी १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा सबै सेयर बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको
यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ ।
Comments are closed.